
३० श्रावन २०७८, शनिवार
हङकङमा रहेका खोटाङवासीहरुले जन्मभूमिको लागि ९ लाख ५२ हजार ५६ रुपैयाँ बराबरको स्वास्थ्य सामग्री उपलव्ध गराएको हो ।
खोटाङ समाज हङकङले २ लाख, समाजका पूर्व अध्यक्ष टिका कोयीबाट एक लाख रुपैयाँ र समस्त हङकङबासी खोटाङे नागरिकबाट संकलन गरिएको उक्त रकम बराबरको सामाग्री प्रदान गरिएको हो । जिल्ला समन्वय समितिको प्राङ्गणमा समाजका सदस्य धर्मराज राईले जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबी चाम्लिङलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन ।
१० स्थानीय तह रहेको जिल्लाका हरेक स्थानीय तहमा करिब ९० हजार बराबरको स्वास्थ्य सामग्री पुग्ने समाजले जनाएको छ ।
यसअघि जिल्लाका लागि आँखा अस्पताल समेत स्थापना गरिदिएको खोटाङ समाज हङकङले जिल्लामा प्राकृतिक बिपत्तिमा परेकाहरुलाई आकस्मिक राहत दिलाउन २८ लाख बढीको खोटाङ प्राकृतिक प्रकोप सहयोग कोष स्थापना गरिदिएको छ ।