३० श्रावन २०७८, शनिवार

भारतमा थप ३८ हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

चार महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ ३८ हजार ७१३ जनामा संक्रमण भएको छ ।

पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड २१ लाख ५५ हजार ७६५ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा ३ लाख ९४ हजार ५६३ जना संक्रिय संक्रमित छन् ।

यस्तै त्यहाँ एकैदिन ४७४ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ३० हजार ७५९ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर