२९ श्रावन २०७८, शुक्रवार

गण्डकी प्रदेशमा शुक्रवार थप ४७४ जनामा कोरोना पुष्टि भएको छ।

https://amzn.to/4myfPN5

प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका अनुसार कास्कीका १८८ जना, तनहुँका १७ जना, गोरखाका ५४ जना, लमजुङका १८ जना र नवलपुरका ६५ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै स्याङ्गजाका ६१ जना, पर्वतका तीन जना, बागलुङका ५१ जना र म्याग्दी जिल्लाका १७ जनाको कोरोना पोजेटिभ देखिएको छ ।
आज आज थपिएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ७४ हजार ९८९ पुगेको छ ।
शुक्रबार गण्डकीमा थप नौ जनाको मृत्यु पुष्टि भएको छ ।

आज मृत्यु पुष्टि हुनेमा नवलपुरका दुई जना, तनहुँका दुई जना, गोरखाका एक जना र कास्कीका चार जना रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर