२९ श्रावन २०७८, शुक्रवार

पछिल्लो २४ घण्टामा देशभर ३ हजार ९१५ जना कोरोना संक्रमित थपिएका छन् ।

१८ हजार ५८२ जनाको पीसीआर र एन्टिजेन विधिबाट परिक्षण गर्दा ३ हजार ९१५ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा १ हजार ८९ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा ७९९, ललितपुर १२८ र भक्तपुरमा १६२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर २७ जना संक्रमितको मृत्यु भएको छ । योसँगै देशभर हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार २३९ पुगेको छ ।

त्यस्तै, गत २४ घण्टामा २ हजार ११८ जना संक्रमणमुक्त भएका छन् । देशभर हालसम्म ३८ हजार ७९८ जना सक्रिय संक्रमित छन् ।

जसमध्ये ३५ हजार ५१८ जना होम आइसोलेसनमा, ३ हजार २८० जना संस्थागत आइसोलेसनमा , ७३६ जना आईसीयू र १८६ जना भेन्टिलेटरमा रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर