२९ श्रावन २०७८, शुक्रवार

काठको साँघु तर्ने क्रममा  चिप्लिएर  नदीमा खस्दा  दुई जना बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा ४२ वर्षीय जस्या रावल र १६ वर्षीया  सुनिता रावल छन् ।

हुम्लाको खार्पुनाथ गाउँपालिका वडा नम्बर २ थाली र बाजुराको कवाडी सीमाक्षेत्रमा अवस्थित यार्बाबाट उनीहरु बेपत्ता भएका जनाइएको छ ।

उनीहरु बाजुराको वन क्षेत्रमा जडीबुटी सङ्कलन गर्न जाने क्रममा बुधबार साँझदेखि बेपत्ता भएका स्थानीयवासी तारा रावलले जानकारी दिए ।

हराइ रहेकाहरुको खोजी  जारी रहेको उनले बताए ।

जडीबुटी सङ्कलनका लागि थाली गाउँका करिब ३० जना गएका बताइएको छ ।

हुम्लासहित बाजुरा, मुगु, बझाङलगायत नागरिक यस याममा जडीबुटी सङ्कलन गर्न पाटनतिर जाने गर्दछन् ।रासस

प्रतिक्रिया

सम्बन्धित खवर