
२९ श्रावन २०७८, शुक्रवार
बेलायती प्रधानमन्त्री कार्यालय अगाडि भोक हड्तालमा बसेका गोर्खा अभियन्ताहरुको स्वास्थ्य दिनप्रतिदिन जटिल बन्दै गएको छ ।
भोक हड्ताल आव्हान गर्ने सत्याग्रह संयुक्त संघर्ष समितिका प्रमुख संयोजक कृष्णबहादुर राईले आमरण अनसनमा रहेका ज्ञानराज राई, पुष्प घले राणा र धन गुरुङको स्वास्थ्यवस्था नाजुक बन्दै गएको बताए । ‘उहांहरु राम्रोसंग बोल्न, शौचालय जान पनि नसक्ने हुनुभएको छ । निकै कमजोर देखिनुहुन्छ’, राईले भने ।
बेलायतस्थित नेपाली नर्सहरुले अनसनकारीको स्वास्थ्य दिनहुं परीक्षण गर्न शुरु गरेका छन् । नेपलिज नर्सिङ एसोसिएसन यूकेका पदाधिकारीले अनसनस्थल पुगेर उनीहरुको स्वास्थ्य परीक्षण गराइरहेका एसोसिएसनकी अध्यक्ष सुनिता गौतमले जनाइन् ।