२९ श्रावन २०७८, शुक्रवार

वैदेशिक रोजगारीमा मृत्यु भएको खवर आएपछि घरपरिवारले काजक्रिया गरे भोजपुर पुगेर मृत्युदर्ता पनि गराए तर मृत्यु नै नभएका मोरङको बेलबारी नगरपालिका–११ का ४० वर्षीय सुभाष तामाङले विहिवार नेपाली नागरिकताको प्रतिलिपी फेरी लिएका छन ।

https://amzn.to/4myfPN5

कुरा २०७२ साल असार २५ गतेको हो । साउदीमा दुर्घटनामा परेर सुभाषको मृत्यु भएको खबर नेपालमा परिवारलाई आयो ।
मृत्यु भएको २८ दिनमा शव पनि नेपाल आईपुग्यो । परिवारले धार्मिक संस्कार अनुसार अन्त्येष्टि गर्दै सम्बन्धित निकायमा सुभाषको मृत्यु दर्ता पनि गराए ।
तर सुभाषको मृत्यु भने भएको थिएन । साउदीमा सुभाषले कामगर्ने कम्पनीको लापरबाहीका कारण सुभाषको भनेर दाहसंस्कार गरिएको शव भने बागलुङको ढोरपाटन–६ का तेजेन्द्र भण्डारीको रहेको थियो ।
दुर्घटनाबाट गम्भीर घाइते भएका सुभाषको साउदीमै उपचार भैरहेको थियो । उपचार सफल भएसँगै २०७३ सालमा नेपाल फर्किएका थिए ।

उनले आफ्नै मृत्यु दर्ता खारेजी र नागरिकताको प्रतिलिपीका लागि चार वर्षसम्म सरकारी निकायमा धाउनु पर्‍यो । अनेक झन्झट बेहोर्नु पर्यो ।
तर मृतकको सूचिमा परेपछि सरकारी अभिलेखबाट नाम हट्न नसक्दा धेरै समस्या बेहोर्न बाध्य भएका उनले नेपाली नागरिकताको प्रतिलिपपी प्राप्त गर्न सकेनन् ।

भोजपुरको ९साविक कुदाककाउले गाविस–९० हालको षडानन्द नगरपालिका –२ पुरानो ठेगाना भएका उनी भोजपुरबाटै २०६० जेठ २९ गते ४८४१–११–२५५४ नम्बरको नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेर वैदेशिक रोजगारीका लागि साउदी गएका थिए । सुभाषको मृत्यु दर्ता २०७२ साउन ६ गते भोजपुरमै गरिएको थियो ।
भोजपुरबाट जारी भएको नागरिकता नम्बर नै कायम रहने गरी मोरङबाट उनले नागरीकताको प्रतिलिपी पाएका छन ।

 

प्रतिक्रिया

सम्बन्धित खवर