
दिनेश खड्का खप्तडि
क्वालालम्पुर
२९ श्रावन २०७८, शुक्रवार
मलेसियामा कोरोना सक्रमणवाट मृत्यु भएका एक नेपालीको अन्त्येठि गरिएको छ । पर्सा जिल्लाको पर्सागढि नगरपालिका वडा न ४ घर भई मलेसियामा कार्यरत २९ वर्षका सिकेन्द्र कुमार चौरसियाकोे सिम्पाङ ५ केलागमा रहेको शवगृहमा दाहसंस्कार गरिएको हो ।
कोरोना सक्रमण देखिएका उनको गत हप्ताको मंगलवार केलाङ अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको थियो ।
आफनै सहोदरदाई धर्मेन्द्र चौरसिया मलेसियाको दमनसारामा भएपनि भाईको अन्त्येष्टि सम्ममा जान पनि पाएनन । न भाई विरामि हुदा जान पाए न दाहँसस्कारमा जान पाए मजस्तो अभागि को होला राष्टडेलीसगंको कुराकानीमा धर्मेन्द्रले भने । अस्तु समेत लिएर जान भनेको त्यस्को पनि ब्यवस्था मिल्न सकेन ।
अव नेपालमा गएर सवैघरपरिवार हेर्नु पर्छ । भाईको मृत्यु त भयो तर इन्सोरेन्स लागि सवै मिलेर निकाल्नु पर्नेछ । भाईको छोरा छोरी छन श्रीमती वुवाआमालाई हेर्नु पर्नेछ । मलाई एकदिन पनि वस्न मन छैन तर कम्पनीले अझै वस भनिरहेको छ तर म सकेसम्म जान्छु ।