२८ श्रावन २०७८, बिहिवार

जुम्लामा स्थानीयमाथि आक्रमण गर्ने भालुलाई गोली हानेर मारिएको छ । बिहीबार बिहान करिब ५ बजेतिर चन्दननाथ नगरपालिका–५ का एक दम्पतीलाई भालुले आक्रमण गरेको थियो ।

भालु बजार पसेको खबर पाए पछि जिल्ला प्रशासन, प्रहरी नेपाली सेना, सशस्त्र प्रहरी बल, डिभिजन वन कार्यालयको टोली भालुलाई जंगलतिर लखेट्न खटिएको थियो । टोलीले जंगलसम्म भगाउन खोज्दा भालुले सुरक्षाकर्मीमाथि नै आक्रमण गर्न थालेपछि नियन्त्रणमा लिन नसकिएको र गोलि हानेर मारिएको डिभिजन वन कार्यालय जुम्लाका प्रमुख दिनेश जङ्ग खत्री जानकारी दिए ।

‘’भालुले चन्दननाथ नगरपालिका–५ कार्कीवाडामा हिमराज रोकाया र उनकी धर्मपत्नी निर्मला रोकाया थापा र चन्दननाथ नगरपालिका–४ का  २५ वर्षका आषिस सार्कीलाई आक्रमण गरी घाइते बनाएको छ । घाइते तीनै जनाको अहिले कर्णाली स्वास्थ्य विज्ञान शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

यो पनि पढनु होस

जुम्ला खलंगामा भालुले आक्रमण गर्दा दुई जना घाईते

प्रतिक्रिया

सम्बन्धित खवर