२८ श्रावन २०७८, बिहिवार
अर्घाखाँची कारागारका ६० जना कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
कारागारमा रहेका ६४ जना बन्दीहरुमा गरिएको एन्टिजेन परीक्षणमा ६० जनामा कोरोना संक्रमण पुष्टि भएको सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले जानकारी दिए ।
जिल्लाभरमा सक्रिय संक्रमितको संख्या ७ सय ८८ पुगेको छ । यस्तै हाल सम्म जिल्लामा संक्रमण बाट मृत्यु हुनेको संख्या ७९ पुगेको छ