२८ श्रावन २०७८, बिहिवार

रूपन्देहीमा जबरजस्ती करणी उद्योगमा सम्मरीमाई गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ शुक्ला (बब्लु) लाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सत्यनारायण् थापाले शुक्लालाई जवरजस्ती करणी उद्योग आरोपमा नियन्त्रणमा लिई अनुसन्धान शुरु गरिएको बताए।
सिके राउत नेतृत्वको जनमत पार्टीका केन्द्रीय उपाध्यक्ष शुक्ला स्वतन्त्र रूपमा चुनाव लडि गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए।
उनीविरूद्ध पीडित महिलाको उजुरीका आधारमा अनुसन्धान थालेको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर