
२८ श्रावन २०७८, बिहिवार
सत्तारुढ नेपाली कांग्रेसकै सांसदहरुले मन्त्रीपरिषदले पूर्णता पाउनको नसकेकोमा प्रधानमन्त्रीलाई प्रश्न सोधेका छन ।
बिहीबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै कांग्रेस सांसद गगन थापाले मन्त्रिपरिषद विस्तार हुन नसकेकोमा प्रश्न गर्दे भने मन्त्रिपरिषदलाई पूर्णता किन नदिएको ? भित्र घचमच के छ यो जनताले बुझ्दैन’
नयाँ सरकारले कामबाटै जनतालाई जवाफ दिनुपर्ने भन्दै उनले साझा न्यूनतम कार्यक्रम अनुसार अघि बढ्न सरकारलाई आग्रह गरे ।
सांसद थापाले प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले सशस्त्र युद्धका घाइतेहरुलाई उपचार नपाए आफ्नो पार्टी कार्यालयमा आउन गरेको आग्रहप्रति आपत्ति जनाए ।
‘विचराहरु आफ्नै उपचार गर्न त सरकारको ढुकुटीमा गएर हात फैलाउनेले पार्टी कार्यालयमा गए कसरी उपचार गराउला रु’ थापाको ब्याङ्ग्यात्मक प्रश्न गरे