२८ श्रावन २०७८, बिहिवार

अर्घाखाँची जिल्ला अस्पतालमा निर्माण भएको ‘अक्सिजन प्लान्ट’ मा अक्सिजन उत्पादन सुरु भएको छ ।
‘अक्सिजन प्लान्ट’ मंगलबार बेलुकाबाट सञ्चालनमा आएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। कपिल गौतमले बताए ।
प्लान्टले २४ घण्टामा ७० ओटा ठूला सिलिण्डर भर्ने डा। गौतमले जानकारी दिए ।
प्लान्ट निर्माणका लागि संघीय सरकारले अर्घाखाँची अस्पताललाई १ करोड ५० लाख रकम विनियोजन गरेको थियो।
गत वैशाख–जेठमा कोरोनाको दोस्रो लहर चलिरहँदा अक्सिजनको चरम अभाव हुँदा उपचारमा निकै समस्या आएको थियो। तेस्रो लहरमा भने जिल्लामा अब अक्सिनको अभाव नहुने अस्पताल विकास समितिका अध्यक्ष श्रीकृष्ण भुसालले बताए ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

 

प्रतिक्रिया

सम्बन्धित खवर