२८ श्रावन २०७८, बिहिवार

दाङ, घोराही उपमहानगरपालिका-१४ दामोदर चोकबाट २ सय ६० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित सोही उपमहानगरपालिका-१३ बस्ने २० वर्षीय ईश्वर बुढालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । रा.३ प ८७३७ नम्बरको मोटरसाइकललाई वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी मोटरसाइकल चालक बुढालाई पक्राउ गरेको  हो ।
कपिलवस्तु, शुद्धोधन गाउँपालिका-३ हर्दिहवाबाट ६ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारत घर भएको २५ वर्षीय सहजाद अन्सारी र सोही ठाउँ बस्ने ३२ वर्षीय मोहम्मद रजा खान रहेका छन् ।जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
कास्की, पोखरा महानगरपालिका-२६ विजयपुर शान्तीमार्गबाट ७ ग्राम ७५ मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ र नगद १० हजार रुपैयाँ सहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । सोही महानगरपालिका-१३ बस्ने २५ वर्षीय आगमन राई र माछापुच्छ्रे गाउँपालिका-४ बस्ने १९ वर्षीय सुरज रानाभाट रहेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर