२८ श्रावन २०७८, बिहिवार

डोरीले वाधेर युवा कुट्ने जाजरकोट जुनीचाँदे गाउँपालिकाका–२ का वडाअध्यक्ष रामबहादुर नेपाली पाँच हजार रुपैयाँ धरौटीमा छुटेका छन ।

भदौ १६ गते बकपत्र गर्न आउने सर्तमा छाडिएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ ।
नेपालीले साउन १५ गते स्थानीय सर्पे दमाईलाई डोरीले बाँधेर कुटपिट गरेका थिए ।

उनले  कुटपिट गरेको भिडियो सर्वत्र सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

त्यही आधारमा प्रहरीले साउन २१ गते पक्राउ गरेर सदरमुकाम खलङ्गा पु¥याएको थियो ।
पीडित सर्पे दमाईले वडाअध्यक्षको गल्ती नभएको, बरु मलाई जेल हाल, वडाअध्यक्ष ज्यूलाई थुन्न पाइँदैन भनेर बयान दिएका थिए।

स्थानीयले पनि वडाअध्यक्षको पक्षमा नारा जुलुस समेत गरेका थिए ।

थप समाचार

जाजरकोटमा युवा कुट्ने वडा अध्यक्ष प्रहरी नियन्त्रणमा

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार