२८ श्रावन २०७८, बिहिवार

एनआरएन को अक्टोवर तेस्रो साता हुने १० औं महाधिवेशनमा सचिव पदमा रामशरण सिम्खडाले उम्मेदवारी दिने भएका छन ।
संघको अभियानमा आफूले प्राप्त गरेको लामो अनुभव र अग्रजहरुको आग्रहमा उम्मेदवारी दिने निचोडमा आफु पुगेको वताए ।
धादिङमा जन्मिएका सिम्खडासंग १२ वर्ष अन्तराष्ट्रिय दातृसंस्थासँग काम गरेको अनुभव छ ।

उनले गैरसरकारी संस्था महासंघको केन्द्रीय कोषाध्यक्ष र कार्यकारी संयोजक, नेपाल जेसिसको केन्द्रीय प्रशिक्षक, लगायत बिभिन्न परोपकारी संस्थाहरूमा महत्वपूर्ण जिम्मेवारी समालिसकेका छन् ।
दुई दशकदेखि वेलायतमा रहेका सिखडा त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर गरेका सिम्खडा संघको केन्द्रीय सदस्य तथा विधान संशोधन समितिको सहसंयोजक हुन् ।
बेलायतस्थित रेडिङ विश्वविधालयमा कार्यरत सिम्खडाले नेपालमा हाईड्रो, वैकिङ क्षेत्रमा समेत लगानी गरेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर