२८ श्रावन २०७८, बिहिवार

लुम्बिनी प्रदेशमा  नयाँ सरकार गठन हुँदैछ ।

अब लुम्बिनी प्रदेशमा कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र जनमोर्चाको गठबन्धन सरकार बन्ने पक्का भएको छ । प्रदेश सरकारको अवधि अब १६ महिना बाँकी छ ।

लुम्बिनी प्रदेशमा अहिले ८० सांसद छन् । बहुमतका लागि कांग्रेस, माओवादी, जसपा र जनमोर्चासँग ४२ सांसद छन् । कांग्रेस र माओवादी केन्द्रबीच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भइसकेको छ । यसअनुुसार आउँदो फागुुनसम्म माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीले र त्यसपछिको बाँकी अवधिका लागि कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कनौडियाले नेतृत्व गर्ने सहमति भएकाे छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर