दिनेश खड्का खप्तडि/ क्वालालम्पुर

२७ श्रावन २०७८, बुधवार

मलेसियामा एक नेपालीको मृत्यु भएको छ । ईलामको सुर्याेदय ३ घर भई  मलेसियाको नेगरी सेम्विलानमा रहेको प्लाष्टिकको सामाग्रि वन्ने यामाखो प्रोसेसिग कम्पनीमा कार्यरत ३४ वर्षिय नविन तामाङको मृत्यु भएको हो ।
नविनमा पन्ध्रदिनभन्दा अगाडि कोरोना सक्रमण देखिएको थियो । सक्रमण देखिएपछि उनी पन्ध्र दिन सम्म निलाईमा क्वारेन्टाईनमा वसेका थिए ।
पुरै सन्चो जस्तै भएर पुन शाहआलम होस्टलमा फर्किएर आएका थिए । कम्पनीमा दुईदिन काम समेत गरेका थिए । यसैविचमा उनको निधन भएको हो ।
नविन सोहि कम्पनीमा करीव वाह्र वर्षदेखि कार्यरत हुन । पछिल्लो पटक भने करीव चार वर्ष अगाडि घर विदामा आएर पुन फर्किएका थिए ।

कम्पनी राम्रो भएको कारण अनिलले आफनो भाई अनिस तामाङलाई पनि सोहि कम्पनीमा झिकाएर सगै काम गरेका थिए ।

दाजुको मृत्युको वारेमा केहि भन्न नसकिने भाई अनिसले वताए भने । दाजुमा पहिला कोरोना पोजेटिभ देखियो क्वारेन्टाईनमा वसेर पनि आउनुभयो । फर्केर आएको दुईदिनमै यस्तो भयो  । यो कसरी यस्तो हुन गयो म सोच्न पनि सक्दिन अनिसले टेलिफोनमा भने ।
यो भन्दा अगाडि नै नेपाल फर्कने तयारी गरिरहेको भएपनि हवाई उडान नहुदा उनी नेपाल फर्कन सकिरहेका थिएनन ।  दाजुभाई सगै नेपाल जाने निधो गरेका थियौ तर दाईको यस्तो अवस्था भयो के गर्नु दैवको लिला टेलिफोनमा अनिसले भने ।
घर फर्कने प्रकृया चलिरहेको थियो सगै आउने कुरा पनि गरिरहेका थिए तर अनिलको यस्तो अवस्था भयो । अर्काे भाई मिल्यो भने यहि सोमवार नेपाल फर्कदैछ नेपालमा रहेका दाईले टेलिफोनमा भने ।

 

प्रतिक्रिया

सम्बन्धित खवर