२७ श्रावन २०७८, बुधवार

गण्डकीप्रदेशमा वुधवार थप ६८० जनामा कोरोना सक्रमण पुष्टि भएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका अनुसार कास्कीका १९७ जना, तनहुँका ३४ जना, गोरखाका १२१ जना, लमजुङका २३ जना र नवलपुरका ५४ जनामा कोरोना पुष्टि भएको हो ।

यस्तै स्याङ्गजाका ६८ जना, पर्वतका ८८ जना, बागलुङका ८४ जना, म्याग्दीका १० जना र मुस्ताङ जिल्लाका एक जनामा सक्रमण पुष्टि भएको छ ,
आज थपिएकासंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कूल संख्या ७३ हजार ८६१ पुगेको छ ।
पछिल्लो २४ घण्टामा गण्डकीबाट ५१९ जना कोरोनामुक्त भएका छन् ।

बुधबार गण्डकी थप पाँच जनाको मृत्यु पुष्टि भएको छ । आज मृत्यु पुष्टि हुनेमा स्याङ्गजाका दुई जना, बागलुङका एक जना, कास्कीका एक जना र तनहुँका एक जना छन्।

 

प्रतिक्रिया

सम्बन्धित खवर