
२७ श्रावन २०७८, बुधवार
नेपालमा आज ३४८१ जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १८८५ जना जना संक्रमित निको भएर घर फर्किएका छन् ।
मन्त्रालयले थप ३० जनाको मृत्यु भएको जनाएको छ ।
यस्तै काठमाडौं उपत्यकामा ९ सय ६४ जना कोरोना संक्रमित थपिएका छन्।
मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ६६३, ललितपुरमा १९२ र भक्तपुरमा १०९ संक्रमित थपिएका हुन्।