
२७ श्रावन २०७८, बुधवार
पाल्पा, रिब्दीकोट गाउँपालिका-५ कुसुम खोला देउराली भन्ने स्थानबाट ६ फिट ४ ईन्च लम्बाई, २ फिट १ ईन्च चौडाई भएको १ थान चितुवाको छाला सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा रिब्दीकोट गाउँपालिका-७ बस्ने ४२ वर्षीय बिष्णु बहादुर खत्री र सोही ठाउँ बस्ने ४० वर्षीय रविल मिया रहेका छन् । मुझुङ बतासेबाट तानसेनतर्फ जाँदै गरेको लु.३७ प ४४४ नम्बरको मोटरसाइकललाई लुम्बिनी प्रदेश प्रहरी अनुसन्धान समुह दाङ र प्रहरी चौकी हार्थोकबाट खटिएको संयुक्त प्रहरीले जाँच गर्ने क्रममा उक्त छाला सहित फेला पारी मोटरसाइकलमा सवार उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरुलाई थप अनसुन्धानको लागि डिभिजन वन कार्यालय पाल्पामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।