२७ श्रावन २०७८, बुधवार

डोटीमा भिरबाट लडेर एकजनाको मृत्यु भएको छ। जिल्लाको सायल गाउँपालिका २ का २८ वर्षीय गणेश ओलीको लडेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

https://amzn.to/4myfPN5

ओली मँगलबार घाँस काट्न गएको बेला लडेर घाइते भएका थिए।

उनी भिरबाट लडेर करिब ३०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक जनकराज पाण्डेयले बताए।

लडेर घाइते भएका उनलाई उपचारका लागि हिजो नै डडेल्धुरा अस्पताल लगिएको थियो। तर, ओलीको उपचार नसकिने भन्दै अस्पतालले फर्काएपछि घर ल्याउने क्रममा मृत्यु प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर