
२७ श्रावन २०७८, बुधवार
ओखलढुङगाका सिद्धिचरण नगरपालिका -५ चित्रेस्थित बाटोमा आपसी झगडा भई कुटपिट हुँदा एक जनाको मृत्यु भएको छ।
मंगलवार राती ४२ वर्षीय पासाङ तेन्जी शेर्पा र ६३ वर्षीय आङगुबु शेर्पाबीच झगडा भई कुटपिट भएको हो।
कुटाकुट हुँदा पासाङ तेन्जी शेर्पाको मृत्यु भएको प्रहरीले जनाएको छ।
सामुदायिक मिसन अस्पताल ओखलढुंगामा उपचारको क्रममा पासाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
आङगुबु शेर्पाको पनि सोही अस्पतालमा नै उपचार भइरहेको
मदिरा सेवनपछि आपसी झगडा हुँदा दुबैले एकले अर्कोमाथि ढुंगाले हिर्काएका थिए । प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।