२७ श्रावन २०७८, बुधवार
अर्जेन्टिनी फुटबल स्टार लियोनल मेस्सी फ्रेन्च फुटबल क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) मा आवद्ध भएका छन् ।
मेस्सीले दुई वर्षको लागि पिएसजीसँग सम्झौता गरेका हुन् ।
पिएसजीमा उनको तलब साताको १० लाख पाउण्ड रहेको छ । यसको झण्डै ४५ प्रतिशत उनले कर बुझाउनुपर्ने हुन्छ ।
पिएसजीमा यसअघि नैं विश्वका स्टार खेलाडीहरु नेयमार र किलियन एम्बाप्पे रहेका छन् ।
सन् २००४ देखि बार्सिलोनाबाट व्यवसायीक खेल खेलेका मेस्सीको १७ वर्षे खेल करियरमा पिएसजी दोस्रो क्लब हो ।एजेन्सी