
२६ श्रावन २०७८, मंगलवार
मंगलबार गण्डकी प्रदेशमा थप ५५३ जनामा कोरोना पुष्टि भएको छ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कास्कीका १९७ जना, तनहुँका ५६ जना, गोरखाका ५६ जना, लमजुङका दुई जना र नवलपुरका ५० जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै स्याङ्गजाका ७४ जना, पर्वतका छ जना, बागलुङका ६६ जना र म्याग्दी जिल्लाका ४६ जनाको सक्रमण पुष्टि भएको छ ।
आज थपिएकासंगै गण्डकी प्रदेशमा संक्रमितको कूल संख्या ७३ हजार १८१ पुगेको छ ।
पछिल्लो २४ घण्टामा गण्डकीबाट ४६५ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ६६ हजार ५६ पुगेको छ।