
२६ श्रावन २०७८, मंगलवार
गैर आवासिय नेपाली संघ मलेसियाले अव पुर्णता पाएको छ ।
मलेसियाको सातौं अधिवेशनमा आईसिसि सदस्य पाँच जना मात्रै निर्वाचित हुनुपर्नेमा छ जनाका उम्मेदवारी परेपछि आईसिसि सदस्यहरुको छनोट हुन सकेको थिएन ।
उम्मेदवारी दिएकामध्ये टेक वहादुर टमाटाले आफनो उम्मेदवारी फिर्ता लिएपछि यसले पुर्णता पाएको हो ।
एशिया प्यासिफिक सहसंयोजक खगेन्द्र न्यौपानेले आज मलेसियाका आईसिसि सदस्यहरु निर्विरोध भएको जनाएका छन । निर्विरोध भएकाहरुमा शुभद्रा कुमारी लिम्वु,रमेश प्रसाद तिवारी,लाल वहादुर आले,नन्द वहादुर क्षेत्री र विरेन्द्र कुमार नेगी छन ।