
दिनेश खड्का खप्तडि/ क्वालालम्पुर
२६ श्रावन २०७८, मंगलवार
मलेसियामा उपचारकै क्रममा एक पाल्पालीको मृत्यु भएको छ । तानसेन नगरपालिका वडा न ६ वुचेधारा घरभई मलेसियामा कार्यरत ५३ वर्षिय कन वहादुर गाहा मगरको मंगलवार विहान मृत्यु भएको हो ।
अगस्ट १ तारिखका दिन कम्पनीका सवै साथीहरु संग कोरोना विरुद्धको खोप लगाउन सुगाईतुक वातु दुवामा रहेको खोप केन्द्रमा लाईनमा वसेको वेला उनी अचानक ढलेका थिए ।
तत्कालै कम्पनीले एम्वुलेन्स वोलाएर रावा ङको अस्पतालमा लगेको थियो । त्यहा ठाउँ नभएपछि पुन दमनसारा अस्पतालमा लगेको थियो त्यहाँ पनि ठाउँ नभएपछि शाहआलममा लगेर भर्ना गरेको थियो ।
अस्पतालमा उपचारकै क्रममा मंगलवार विहान गाहाको मृत्यु भएको सगै काम गर्ने साथी भक्त वहादुर विश्वकर्माले जानकारी गराएका छन ।
गाहा मलेसियामा करीव १८ वर्ष देखि कार्यरत रहेका थिए । कम्पनी राम्रो भएको कारण वेलावेलामा विदामा आउने जाने समेत गरिरहेका थिए । पछिल्लो पटक उनी चार वर्ष अगाडि मात्रै मलेसिया गएका थिए ।
गाहाको परिवार एक छोरा र एक छोरी छन । छोरीको विवाह भएर घर गएकि छिन भने छोरा रोजगारीकै सिलसिलामा साउदी अरवमा रहेका छन ।