२५ श्रावन २०७८, सोमवार
पृथ्वी राजमार्ग अन्तरगत तनहुँ जिल्लाको   ब्यास नगरपालिका वडा न ५ कन्टारमा वस दुर्घटना हुदा सात जना घाईते भएका छन ।
पोखरावाट मुग्लिन आउदै गरेको ग १ ख ४२१५ नम्वरको वस दुर्घटना भएको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये ५जनाको एपोलो अस्पताल,१जनाको रत्नहरी अस्पताल र एक जनाको दमौली अस्पतालमा उपचार भैरहेको छ ।
दुर्घटनामा तनहुँ व्यास नगरपालिका १० की २९ वर्षीय अप्सरा पौडेलको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
बस आफै अनियन्त्रित भई सडकबाट १० मिटर तल खसेको प्रहरीको भनाई छ ।

https://amzn.to/4myfPN5

 

प्रतिक्रिया

सम्बन्धित खवर