
२४ श्रावन २०७८, आइतवार
डोटीमा एक किशोरीमाथि पटकपटक बलात्कार भएको रहस्य खुलेको छ।
कैलालीको चुरे गाउँपालिकाकी १३ वर्षीया ती किशोरीमाथि जोरायल गाउँपालिका–४ शान्तिपुरका ३८ वर्षीय कर्णबहादुर बोहराले बलात्कार गरेको भन्दै आफन्त प्रहरी समक्ष पुगेका छन्।
मामा घर गएकी किशोरीलाई बोहराले चाउचाउ र लुगाकपडा दिने भन्दै फकाएर साउन १९ गते जंगलमा लगेर बलात्कार गरेको आफन्तले बताएका छन्।
बलात्कारपछि किशोरीलाई जंगलमै लगेर छाडिदिएपछि उनी २१ गते आफ्नो घर पुगेकी थिइन्। अहिले आरोपित बोहरा फरार रहेको र उक्त घटनालाई सुक्ष्म तरिकाले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक दानबहादुर मल्लले बताए।