२४ श्रावन २०७८, आइतवार

सुदुर पश्चिमेली नेपाली समाज मलेसिया,क्षेत्रिय समिति जोहोरवारुको तेश्रो अधिवेशन सम्पन्न भएको छ ।
अधिवेशनले तिलक चन्द ठकुरीको अध्यक्षतामा २३ सदस्यिय नयाँ कार्यसमितिको चयन गरेको छ ।
समितिको उपाध्यक्षमा कृष्णसिह महरा,महिला उपाध्यक्षमा धर्मा साउद,सचिवमा आनन्द वहादुर साउद,सह सचिवमा रघुविर सिह ठगुन्ना,कोषाध्यक्षमा वहादुर सिह वोहरा,उप कोषाध्यक्षमा सुरेश टमाटा,महिला संयोजकमा ओमकला विक रहेका छन ।
यस अघि भएको उदघाटन समारोहमा नेपाली दुतावासका जनसम्पर्क अधिकृत टेक वहादुर वुढा, सुदुर पश्चिमेली नेपाली समाज, अन्तराष्ट्रिय समिति , दक्षिण एसिया सयोजक दिनेश खड्का खप्तडी, सुदुर पश्चिमेली नेपाली समाज मलेसियाका प्रमुख सल्लाहकार तथा एनआरएनएका आईसिसि सदस्य टेक बहादुर टमटा,एनआरएनए मलेसियाका अध्यक्ष विनोद वहादुर थापा,महासचिव रन्जीत क्षेत्री अतिथिको रुपमा रहेका थिए ।
यसैगरी एनआरएन जोहोर समिति अध्यक्ष हरिवहादुर वस्नेत,सुदुर पश्चिमेली नेपाली समाज मलेसिया, केंद्रीय अध्यक्ष, तुलाराम धामी,सुदुर पश्चिमेली नेपाली समाज, अन्तर्राष्ट्रिय समिति, सदस्य चक्र मल्ल, नेपाली समाज मलेसिया केन्द्रीय समिति, संरक्षक शम्सेर मल्ल,गैर अवासीय नेपाली संघ मलेसिया उपाध्यक्ष राकेश प्रसाद महतो, गैर अवासीय नेपाली संघ मलेसिया उपाध्यक्ष हेमराज सापकोटा लगायतका करीव २५जनाभन्दा धेरै अतिथिहरुको सहभागिता रहेको थियो ।

https://amzn.to/4myfPN5

कार्यक्रममा सुदुर पश्चिमेली नेपाली समाज मलेसियाका सल्लाहकार स्वर्गिय जनक बम तथा मलेसियामा ज्यान गुमाउने सम्पूर्णका लागी एक मिनेट मौनधारण गरिएको थियो ।

जोहोर क्षेत्रिय समितिका सक्रिय सदस्य डम्बर बहादुर कठायतको स्वागत मन्तब्यवाट शुरु भएको कार्यक्रममा सुदुर पश्चिमेली नेपाली समाज मलेसिया क्षेत्रीयसमिति   जोहोरबारुले २०१९-२०२१ मा गरेका कामहरुको वारेमा सचिब आनन्द बहादुर साउँदले प्रकाश पारेका थिए ।
कार्यक्रमको सभापतित्वराज वहादुर साँउदले गरेका थिए ।
कार्यक्रममा वोल्ने वक्ताहरुले सुदुर सुदुर पश्चिमेली नेपाली समाज क्षेत्रिय समिति जोहोरवारुले नेपाली समुदायमा खेलेको भुमिकाको वारेमा मुक्तकण्ठले प्रशसा गरेका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर