
२४ श्रावन २०७८, आइतवार
गायक प्रकाश सपुतको गीतले यतिवेला निकै चर्चा पाएको छ । शुक्रबार आफनै युट्युब च्यानलवाट सार्वजनिक गरिएको ‘कुरा बुझ्न पर्च’ बोलको तीज अहिले युट्युबको ट्रेन्डिङ १ स्थान ओगटेको छ ।
गीतको सन्दर्भमा उनले आफनो फेशवुक सन्जालमा लेखेका छन–‘हामीले छुन खोजेका केही विषयहरुलाई धेरै जनाले मज्जाले नोट गर्नुभएको रहेछ । युवतीहरुको केही प्राकृतिक सुन्दरता र स्वभावहरुसहित लैङ्गिक स्वतन्त्रता, आत्मनिर्भरता, आत्मसम्मान र हक अधिकारका कुरा देखाउन खोजेका छौं । जातिय सहिष्णुता र मित्रतालाई पनि कतै–कतै झल्काउन खोजेको सबैले बुझ्नु भएछ ।’
प्रकाश सपूतको शब्द, संगीत रहेको ‘कुरा बुझ्न पर्च’मा शान्तीश्री परियार र समीक्षा अधिकारीले स्वर रहेको छ ।
गीतको भिडियोलाई प्रकाश सपुतलेनै निर्देशन गरेका छन । भिडियोमा नायिकाद्धय स्वस्तिमा खड्का, आँचल शर्मा,लक्ष्मी गिरी, कालु राना, कमला रेग्मी, अनिता बस्नेत लगायतको अभिनय देख्न सकिन्छ ।