
२२ श्रावन २०७८, शुक्रवार
काठमाडौंको बूढानीलकण्ठबाट ७२ हजार घूससहित एक कर्मचारी पक्राउ परेका छन् । बूढानीलकण्ठ नगरपालिकाका सव-इन्जिनियर विनोद कुमार पौडेल पक्राउ परेका हुन् ।
सडक निर्माण कार्यको ठेक्का सम्झौता बमोजिम कार्य सम्पन्न पश्चात भुक्तानी दिने क्रममा सेवाग्राहीसँग घूस मागेको उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पौडेललाई रकम लिइसकेको अवस्थामा बुढानिलकण्ठ नगरपालिका ६ स्थित सव्रिना होटलबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियार प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिए