२० श्रावन २०७८, बुधवार

नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको दिल्लीमा मिर्गौला फेरिएको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

उनको केही समयअघि दिल्लीको एपोलो अस्पतालमा डाक्टर अखिल मिश्राको नेतृत्वमा उपचार भइरहेको थियो ।

डाक्टर सन्दीप गुलेरियाको नेतृत्वमा रहेको टिमले उनको मिर्गौलाको प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरेको उनको सचिवालयले जनाएको छ । ‘अब उहाँ केही समय अस्पतालमै आराम गर्नुहुनेछ र आराम भएपश्चात् नेपाल फर्किनु हुनेछ’, उनका स्वकीय सचिव कृष्ण भट्टराईले फेसबुकमा लेखेका छन् ।

स्वास्थ्यमा समस्या आएपछि गत असार २ गते उनलाई दिल्ली लगिएको थियो । उनलाई नेपाल सरकारले मृगौला उपचारका लागि ३० लाख सहयोग गरेको समाचार आएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर