
२० श्रावन २०७८, बुधवार
रास्कोट नगरपालिका वडा नम्बर २ चुडिमुलमा विद्युत सट भएर घरमा आगलागि भएको छ ।
विधुत सट भएर घरमा आगो सल्किएपछि घर भित्र रहेका बालवालिका, हत्तपत्त बाहिर निस्केर ज्यान जोगिएको स्थानिय अमराज सिम्खाडाले जानकारी दिएका छन ।
स्थानीय सहदेव सिम्खाडाको घर खरले छाएको थियो ।
आगोले मानविय क्षति नभएपनि लाखौको भौतिक क्षति भएको वडाध्यक्ष दयाराम सिम्खाडाले बताए ।
उनले भने, अहिले सहदेवको परिवार त्रिपालमा बस्न बाध्य छन । तत्काल आवश्यक राहतको लागि पहल भईरहेको छ ।