२० श्रावन २०७८, बुधवार

कैलालीमा सशस्त्र प्रहरीका जवान कार्यालय परिसरमै मृत भेटिएका छन्। डडेल्धुरा भागेश्वर गाउँपालिका–१ का ३१ वर्षीय सशस्त्र प्रहरी जवान हरिश कुमार शाही आज बुधबार बिहान मृत भेटिएका हुन्। शाही धनगढी उपमहानगरपालिका–१ स्थित सशस्त्र प्रहरी बल नम्बर ३४ हेडक्वार्टरमा कार्यरत थिए।

https://amzn.to/4myfPN5

कार्यालयको परिसरभित्र उत्तरपट्टीको कम्पाउन्डनजिक पानी जमेको स्थानमा घोप्टो अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।  घटना सम्बन्धमा थपअनुसन्धान भइरहेको उनले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर