१९ श्रावन २०७८, मंगलवार

पाल्पामा मंगलबार ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय पाल्पाका अनुसार आज ४८ जना निको भएका छन । योसँगै पाल्पामा सक्रिय संक्रमितको संख्या ३सय९५ पुगेको छ । कोरोना सक्रमणवाट हाल सम्म सम्म पाल्पा जिल्लामा १सय २६ ज्यान गुमाईसकेका छन । जिल्लाबाहिर र होमआइसोलसनमा ८० भन्दा बढी संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । उक्त संख्या समेत जोड्ने हो भने पाल्पाका मात्र कोरोनाबाट २ सय बढी संक्रमितको मृत्यु भईसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर