१७ श्रावन २०७८, आइतवार
पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोटका जनप्रतिनिधि र स्थानीयवासिन्दाले कुश्मा नगरपालिकामा तालाबन्दी गरेका छन्।
लामो समय हुदा सम्म पनि वडामा सचिव नपाएपछि जनप्रतिनिधि सहितको सहभागितामा कुश्मा नगरपालिकाको कार्यालयमा तालाबन्दी गरिएको हो ।
गत कात्तिक १४ देखि स्वास्थ्य चौकीका इञ्चार्जलाई काजमा खटाएर अहिलेसम्म वडा सचिव नपठाएको भन्दै नगरपालिकाको ध्यानाकर्षण गराउन तालाबन्दी गर्नुपरेको वडाध्यक्ष वडाध्यक्ष यदुनाथ शर्मा बाँस्तोला बताए।
अहिले स्वास्थ्य चौकीका इञ्चार्ज टेकनाथ सुवेदीले वडा र स्वास्थ्य चौकीको काम गरिरहेका छन ।
वडा कार्यालयमा कार्यरत सचिव सञ्जु शर्मा कोभिड सङ्क्रमित भएर कार्यालयमा आउन नपाएकाले यो अवस्था सिर्जना भएको कुश्मा नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत विष्णुप्रसाद तिवारीले बताए।









