१७ श्रावन २०७८, आइतवार

पाल्पा प्रहरीले फरारको सुचीमा रहेको तीनजना अभियुक्तलाई पक्राउ गरेको छ । विभिन्न मुद्दामा पाल्पा जिल्ला अदालतले दोषी ठहर गरी फरार रहेका तीन जना लाई प्रकाउ गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीले जानकारी दिए ।

पक्राउ गर्नेमा रामपुर नगरपालिका–३, का ५० वर्षीय खगनाथ न्यौपाने छन् ।रम्भा गाउँपालिका–१, का ४९ वर्षका कृष्णप्रसाद पाठक निस्दी गाउँपालिका–१, का ६० वर्षीय वीरबहादुर पुलामी रहेका छन । न्यौपानेबैकिङ् कसुर पाठक बहुबिवाह र पुलामि जबर्जस्ती करणी मुद्दामा दोषी ठहर गर्दे सजाय तोकिसकेको अवस्थामा फरार भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर