
१७ श्रावन २०७८, आइतवार
एनआरएन नेदरल्याण्डको अध्यक्षमा मिम पुर्जा विजयी भएका छन्।
यसैगरी वरिष्ठ उपाध्यक्षमा विष्णुप्रसाद पोखरेल, उपाध्यक्षमा अमिर गुरुङ, खेमलाल सापकोटा, महिला उपाध्यक्षमा सिता सापकोटा महिला संयोजकमा चन्दना खड्का र लिम्बर्ग क्षेत्रीय संयोजकमा सुवास पराजुली विजयि भएका छन ।
त्यस्तै महासचिवमा सिता कुमार क्षेत्री, सचिवमा पेमा लामा, कोषाध्यक्षमा सुशिला बानिया र सहकोषाध्यक्षमा रेखा घिमिरे निर्वाचित भएका छन्।
यसैगरी युवा संयोजकमा निरज गुरुङ, साउथ होल्याण्ड संयोजकमा सञ्जय श्रेष्ठ निर्वाचित भएका छन्।
यस्तै सदस्यहरुमा विवेक बास्तोला, बालकृष्ण थापा, दिनेश अर्याल, ज्ञानेन्द्र आले र राम प्रसाद रेग्मी तथा आइसीसी सदस्यमा टीकाराम सापकोटा निर्वाचित भएका छन्।