१६ श्रावन २०७८, शनिवार

भारतसँग सीमा जोडिएको बैतडी जिल्लामा साउन ३२ गते सम्म निषेधाज्ञा थपिएको छ ।

https://amzn.to/4myfPN5

बैतडीका निमित्त प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले  कोरोना भाइरसको जोखिम कायमै रहेकाले साउन ३२ गते सम्म निषेधाज्ञा थपिएको जानकारी दिए ।

निषेधाज्ञामा पसल बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालनमा रहने बताइएको छ । यस्तै विवाह, व्रतबन्धजस्ता धार्मिक कार्यक्रममा बढीमा २५ जना सहभागी भएर सम्पादन गर्नुपर्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

जिल्लामा अहिले २७ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् भने हालसम्म कोरोनाका कारण १८ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर