
१६ श्रावन २०७८, शनिवार
अर्घाखाँचीमा ३० गते सम्मकालागि पूर्णकालीन निषेधाज्ञा जारी गरिएको छ ।
निषेधाज्ञा अवधिमा अत्यावश्यक पसलहरु बिहान ६ देखि ९ बजेसम्म खुल्ने डीसीसीएमसीको बैठकले निर्णय गरेको छ । यातायात, बैंक तथा वित्तीय संस्था पूर्णरूपमा बन्द हुने निर्णय गरीएको छ ।
अर्घाखाँचीमा अहिलेसम्म ५ सय ४४ जना सक्रिय संक्रमित रहेका छन् ।
सरकारले अर्घाखाँचीसहित १७ जिल्लालाई अति उच्च जोखिम क्षेत्रमा राखेको छ ।