
दिनेश खड्का खप्तडि/क्वालालम्पुर
१६ श्रावन २०७८, शनिवार
मलेसियामा एक नेपालीको मृत्यु भएको छ । ललितपुर जिल्लाको कोन्ज्योसोम गाउँपालिका घर भई मलेसियामा कार्यरत २४वर्षका सन्तलाल गोलेको उपचारको क्रममा मृत्यु भएको हो ।
मलेसियाको ग्राण्डस्टाण्ड आईकनमा कार्यरत गोले केहि समय देखि विरामि परेका थिए । कम्पनीले उपचारको लागि करीब दुई महिना देखि क्वालालम्पुर अस्पतालमा भर्ना गरेर उपचार गराईरहेकोमा शुक्रवार उनको मृत्यु भएको हो ।
गोले चार वर्ष अगाडि कावेली मेनपावर मार्फत रोजगारीको लागि मलेसिया आएका थिए । उनमा ब्लड क्यान्सरको समस्या देखिएको कम्पनी स्रोतले जानकारी दिएको छ ।