
१५ श्रावन २०७८, शुक्रवार
दार्चुलाको ब्यास गाउँपालिका–२ मालघाटमा महाकाली नदी तर्ने क्रममा तुइनबाट खसेर एक जना बेपत्ता भएका छन् ।
तुइनबाट खसेर ब्यास गाउँपालिका–२ मालका अन्दाजी ३० वर्षीय जयसिंह धामी बेपत्ता भएको जिल्ला प्रहरीले जानकारी गराएको छ ।
५र६ जनाले तुइनबाट महाकाली नदी पार गर्ने क्रममा धामी खसेको अन्यले वताएका छन । वेपत्ताको खोजी भैरहेको प्रहरीले जनाएको छ ।