१५ श्रावन २०७८, शुक्रवार
बैंकिङ कसूर मुद्दामा जिल्ला अदालत म्याग्दीबाट कैद तथा जरिवाना ठहर भई फरार भएका २ जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा मालिका गाउँपालिका-५ बस्ने २८ वर्षीय देवेन्द्र फगामी र मंगला गाउँपालिका-५ बस्ने २९ वर्षीय विर्सना सुनार रहेका छन् ।
बैंकिङ कसूर मुद्दामा फगामीलाई ६ महिना कैद तथा ८ लाख १३ हजार २ सय २१ रुपैयाँ जरिवाना र सुनारलाई ६ महिना कैद तथा ७ लाख १० हजार ४ सय ९४ रुपैयाँ जरिवाना ठहर भई फरार भएका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत म्याग्दीमा उपस्थित गराइएकोमा अदालतको आदेशले कैद तथा जरिवाना भुक्तानका लागि कारागार कार्यालय म्याग्दी पठाइएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।









