
१४ श्रावन २०७८, बिहिवार
रोल्पामा बोक्सीको आरोप लगाउने धामीसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सुनिलस्मृति गाउँपालिका वडा नं. ६ का २६ वर्षिय धामी राहुल सुनार, रोल्पा नगरपालिका वडा नं. ४ का ४५ वर्षीषा चुना कुमारी सेन र २२ वर्षीषा सीता सेनलाई प्रहरीले पक्राउ गरेको छ ।
रोल्पा नगरपालिका १० धबाङ मा घर भई लिबाङमा डेरा गरी बस्ने २६ वर्षिय महिलाले आफूलाई बोक्सी भन्दै साउन ६ गते करिव ६ बजेतिर कोठामा आई कुटपिट गरेको भन्दै जिल्ला प्रहरी कार्यालय रोल्पामा उजुरी दिएपछि प्रहरीले पक्राउ गरेको थियो ।
बोक्सीको आरोप लगाएर धामी सहितकाले कोठामै पुगेर कुटपिट गरेपछि उजुरी आएकोले आरोपितहरुलाई पक्राउ गरी आवश्यक अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायव उपरीक्षक नरेशराज सुवेदीले बताए ।