१३ श्रावन २०७८, बुधवार

पाल्पा जिल्लाको तिनाउ गाउँपालिका–५, चर्चरेमा ट्रक दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।
घाइते हुनेमा नवलपरासी जिल्ला सुनवल नगरपालिका–९, बस्ने वर्ष ४३ का मोहन भट्टराई, बुटवल उपमहानगरपालिका वडा नं १३ बस्ने ३० वर्षका धिरज शाह र नवलपरासी जिल्ला प्रतापपुर गाउँपालिका वडा नं.९ बस्ने वर्ष ३८ का रामराज च्यामर घाइते भएका छन ।

घाइते तीनै जनाको लुम्विनी मेडिकल कलेज प्रभासमा उपचार भैरहेको भईरहेको छ । लु २ ख ४४९९ नम्बरको ट्रक पाल्पाबाट बुटवल जाने क्रममा दुर्घटना भएको हो ।

साझँ करीव चार वजेतिर दुर्घटना भएको हो ।ट्रक सडकदेखि करीव ८० मीटर तल खसेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी प्रवक्ता रामेश्वर त्वातीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर