
१२ श्रावन २०७८, मंगलवार
दाङमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
तुलसीपुर उपमहानगरपालिका- १२ का चुडामणी भण्डारीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
तुलसीपुर उपमहानगरपालिका-७ पर्सेनीमा बाटो निर्माणको लागी खनेको खाडलमा परेर भण्डारीको मृत्यु भएको हो ।
घोराहीदेखि तुलसीपुरतर्फ जाँदै गरेको रा ६ प ७२५ नम्बरको मोटरसाईकल उक्त खाल्डोमापरेको थियो ।