
११ श्रावन २०७८, सोमवार
भैसी किनेर फर्किदा वेहोस भई पाल्पामा एकजनाको मृत्यू भएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार जिल्लाको रैनादेवी छहरा गाउँपालिका ३ झिरुवास बस्ने ४८ वर्षका जीतबहादुर आलेको निधन भएको हो ।
अमिलेमा गएर भैसी किनेर फर्किने क्रममा दोवाटोमा चक्कर आएर वेहोस भएकोमा उनलाई श्रीमती र छोराले तल्कालै लुम्बिनी मेडिकल कलेज प्रभासमा लगेका थिए । उपचारकै क्रममा उनको अस्पतालमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाको सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरी प्रवक्ता डिएसपि रामेश्वर त्वातीले जानकारी दिनुभयो ।