११ श्रावन २०७८, सोमवार

सिन्धुलीमा बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गर्ने दुधौली नगरपालिका १० का नारायण कार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता मनोज कुमार लामाका अनुसार कार्कीले सोहि वडाकी ४० वर्षीया लक्ष्मी कार्कीलाई बोक्सी भनि बेला बेलामा झगडा गर्ने गरेका थिए ।

कार्कीले आफूमाथि बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको भन्दै उजुरी दिएपछि नारायणलाई प्रहरीले आइतबार पक्राउ गरेको हो । उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर