
दिनेश खड्का खप्तडि/ क्वालालम्पुर
१० श्रावन २०७८, आइतवार
मलेसियामा हाल सम्मकै सवैभन्दा धेरैमा कोरोना सक्रमण देखिएको छ ।
आज १७हजार ४५ जनामा सक्रमण पुष्टि भएको हो ।
यसैगरी आज थप ९२जनाको मृत्यु भएको छ । यो सगै मलेसियामा कोरोना सक्रमणवाट मृत्यु हुनेको सख्या ७ हजार९ सय ९४ पुगेको छ ।
अहिले सम्म मलेसियामा दश लाख भन्दा धेरैमा सक्रमण पुष्टि भएकोमा आठ लाख चौवालिस हजार पाँच सय एक चालिस जना निको भएर घर फर्किएका छन । अहिले सात हजार दुई सय सत्तरी जनाको मलेसियाको विभिन्न अस्पतालमा उपचार भैरहेको छ ।
मलेसियामा करीव दुई महिना देखि लकडाउन चलिरहेको छ ।
सरकारले विभिन्न उपाय अपनाएर कारोना नियन्त्रण गर्न खोजीरहेको भएपनि सफलता भने पाउन सकेको छैन ।